जर्ज र दर्शकको मन जित्दै बिद्या तिवारी

"नेपाल आइडल" नेपालमा पहिलोपटक यति ठुलो सांगीतिक प्रतियोगिता आयोजना भैराखेको छ  जहाँ नेपाल आधिराज्यबाट  हजारौ सहभागिले  आफ्नो गायन कला प्रस्तुत   गरेको थिए । अहिले निकै रोमाञ्चक बन्दै गइरहेको कार्यक्रममा हजारौ प्रतिस्प्रधी बाट १८ जना पप्रतियोगी  छनौट भएको छन् जसमा  हेटौडाबाट अडिसन दिएकी बिद्या तिवारी पर्न सफल हुनु भएको छ । थुप्रै गायन  प्रतियोगितामा सहभागी तिवारीलाइ सानै देखि गायनमा रुचि थियो । गायन प्रेरणाको मुख्य श्रोत आफ्नो पिता बताउने बिद्या आफ्नो भबिस्य संगीतमा नै देख्नु हुन्छ  ।

नारायणी अन्चल हेटौँडा उपमहानगरपालिका वडा नं २ मानसचोक घर भएकी तिवारीले आफ्नो गायन प्रस्तुतिले दर्शकको मन जित्न सफल हुनु भएको छ । नारायणीको शान बिद्या तिवारीलाइ नेपाली आइडल बनाउने अब तपाई हाम्रो हातमा छ । नेपाली आइडल भोटिंग को लागि जून २२ तारिक ०८:४५ देखि २३ जून १२:०० बजे सम्म को लागि भोटिंग खुल्ला रहने छ । बिद्या तिवारीलाइ  भोट गर्न को लागि मोबाइल को Message box  मा गइ 02 type  गरि 35225  मा message  गर्नुपर्ने छ । बिद्या तिवारीलाइ भोट हाली प्रथम नेपाली आइडल बनाई नारायणी अंचलको शान बढाऊ ।

 

 

सम्बन्धित शीर्षकहरु