सुन अनुसन्धान समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

गृहमन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार प्रतिवेदनमा नेपालमा भइरहेको संगठित सुन तस्करी, सनम शाक्यको हत्याबारे घटना विवरण, तथ्य र सुझावलाई समेटिएको छ । सरकारले संगठित अपराध निवारण ऐनको परिच्छेद ४ मा भएको विशेष अनुसन्धान टोली गठन गर्न सक्ने व्यवस्था अनुरुप गत १९ चैतमा गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा सरकारले अनुसन्धान समिति गठन गरेको थियो । त्यसवेला बिर्तामोडका सुन व्यवसायी साजन मुखिया हत्याको अनुसन्धान गर्ने जिम्मेवारी समेत समितिलाई दिइएको थियो । तर, मुखियाको हत्यासँग साढे ३३ केजी सुन गायब प्रकरणको कनेक्सन भेटिएन । प्रारम्भिक चरणमा सरकारले समितिलाई ४५ दिनभित्र अनुसन्धान सक्न कार्यदेश दिएको थियो । यद्यपि, त्यो समयसिमासम्म अनुसन्धान पूरा नभएपछि २५ दिनका लागि म्याद थप गरिएको थियो । त्यसपछि पुनः थप अनुसन्धानका लागि एक महिना म्याद थप भएको थियो । समितिको अनुसन्धानका क्रममा पूर्व डिआईजी गोविन्द निरौलासहित ९ प्रहरी अधिकारी, मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे लगायत पक्राउ परेका छन् ।

 

 

सम्बन्धित शीर्षकहरु