कीर्तिमानै कीर्तिमान

पहिलो अर्धशतक बनाउने कीर्तिमान पनि ज्ञानेन्द्रकै नाममा सुरक्षित भएको छ । एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो साझेदारी बनाउने कीर्तिमान पनि ज्ञोनन्द्र मल्ल र अनिलकुमार शाहको नाममा रह्यो। एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो बलिङ गर्ने कीर्तिमान सोमपाल कामीको नाममा रह्यो । पहिलो बलिङ गर्ने खेलाडी बनेका सोमपाल कामी एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो विकेट लिने खेलाडी पनि बनेका छन्। कप्तान पारस खड्का एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ४ विकेट लिने पहिलो नेपाली खेलाडी बने । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालबाट पहिलो चौका हान्ने खेलाडीको कीर्तिमान पनि ज्ञानेन्द्र मल्लकै नाममा सुरक्षित भएको छ । त्यस्तै पहिलो छक्का हान्ने खेलाडी दीपेन्द्रसिंह ऐरी बनेका छन्।

 

 

सम्बन्धित शीर्षकहरु