कराते टोली जापान प्रस्थान

यस्तै महिलामा चञ्चला दनुवारले एकल कातामा सहभागिता जनाउँदा अनु अधिकारीले ५० केजी, सुनीता महर्जनले ६१ केजी र रीता कार्कीले ६८ केजीमाथिका स्पर्धामा सहभागिता जनाउनेछन्। दीपक श्रेष्ठले टोलीलाई प्रशिक्षण दिइरहेका छन्। नेपाली टोली जापान प्रशिक्षणपछि अगस्ट २२ मा इन्डोनेसिया जानेछ। भारोत्तोलन​ टोली थाइल्यान्डतर्फ काठमाडौं – इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा सहभागी हुने १६ सदस्यीय नेपाली भारोत्तोलन टोली वैदेशिक प्रशिक्षणका लागि बुधबार थाइल्यान्ड प्रस्थान गरेको छ। प्रतियोगितामा भारोत्तोलनतर्फ ८ पुरुष र ७ महिला गरी १५ खेलाडीको सहभागिता रहनेछ । टोली प्रशिक्षकमा दिनेश भुजेल रहेका छन् । नेपालले पुरुष र महिलामा समान २ गरी ४ स्पर्धामा प्रतिस्पर्धा गर्नेछ। पुरुषतर्फ कमलबहादुर अधिकारीले ६९ केजी तथा विकास थापाले ७७ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै महिलातर्फ सन्जु चौधरीले ५३ केजी र ७५ केजी तौलसमूहमा तारादेवी पुुुनले प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोली थाइल्यान्डमा चोनबुरी स्पोर्ट्स स्कुलमा अगस्ट १७ तारिखसम्म प्रशिक्षणमा रहनेछ र १८ अगस्टमा इन्डोनेसिया प्रस्थान गर्नेछ । एसियाली खेलकुदअन्तर्गत भारोत्तोलनका स्पर्धाहरू अगस्ट २० देखि २७ तारिखसम्म चल्नेछन् । भारोत्तोलन टोली नेपालगन्जमा ७३ दिनको विशेष बन्द प्रशिक्षणपछि शनिबार काठमाडौं फर्किएको थियो। १९८२ मा भारतमा भएको एसियाली खेलकुदमा नेपालले पहिलो पटक भारोत्तोलनमा सहभागिता जनाएको थियो । त्यसयता एक पटक १९९४ मा जापानको हिरोसिमा भएको एसियाडमा मात्र नेपालले भारोत्तोलनमा सहभागिता जनाएको छैन। ट्रायथलन टोली पनि थाइल्यान्डतिरै काठमाडौं – इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदको तयारीमा रहेको ट्रायथलन टोली वैदेशिक प्रशिक्षणका लागि बुधबार थाइल्यान्डको फुकेट गएको छ। अगस्ट ३ देखि सेम्टेम्बर २ सम्म इन्डोनेसियाको पालेम्वाङमा हुने ट्रायथलनमा नेपालले मिक्स टिम रिलेमा प्रतिस्पर्धा गर्नेछ । नेपालले सेम्टेम्बर २ मा खेल्नेछ । नेपालले ३ सय मिटर पौडी, ६.३ किलोमिटर साइक्लिङ र २.१ किलोमिटर दौडमा सहभागिता जनाउनेछ । नेपाली टोली अगस्ट २० मा पालेम्वाङ जानेछ।

 

 

सम्बन्धित शीर्षकहरु