चन्द्रपुर लाई अर्को सफलता

पवन रौतहट -  शौचालय सहीतको घर रौतहट वासिको रहर भने मुल नारासहित चन्द्रपुर नगरपालिका सबिक ३ न र हाल ५ न वडा विशेष समारोहका विच खुला दिसा मुक्त क्षेत्र घोषणा गरीएको छ। कार्यक्रम मा प्रमुख अतिथिका रुपमा रौतहट क्षेत्र न छ का सभासद रामकुमार भट्टराई र विशिष्ट अतिथि खानेपानीका प्रमुख अनिल केशरी प्लान नेपालका जीवनाथ पराजुली, पार्टी प्रतिनिधि, संचारकर्मी, सुरक्षा प्रमुख, स्वयंसेविका महिला अधिकारकर्मी, मानव अधिकारकर्मी सहित वालवालिकाको जोडदार प्रस्तुति रहेको थियो । अहिले सरसफाईको क्षेत्रमा जनसेवा नेपाल, साथी नेपाल, रुसेप्स, स्टेन, हेल्पलाईन, सोडेक लगाएतका संस्थाले सरसफाई कार्यक्रम संचालन गरेका छन् । यस खुला दिशा मुक्त क्षेत्र घोषणामा ६४८ घरधुरी रहेका छन्, भने कार्यक्रममा यसै वडाका सचिव केसब व. बस्नेतको अधक्क्षतामा भएको हो ।

 

 

सम्बन्धित शीर्षकहरु