अशोकको दोश्रो गीत ‘झिलमा फुलु’को भिडियो निर्माण

झापाका विभिन्न स्थानमा गीतको भिडियो खिचिएको हो ।कोशी भिजन फिल्मले निर्माण गरेको भिडियोमा गायक अशोक दर्जीका साथी भुइकठहर अर्थात टिकाराम धिमालले अभिनय गरेका छन् । जापानमा रहेका गीतकार मन्जुल मितेरीले यो गीतलाई लेखेका हुन् । गीतलाई मितेरीले टिकारामको जीवनलाई हेरेर लेखेको बताएका छन् । गीतको भावलाई भिडियोले अझ बलियो बनाएको निर्देशक सुमन योञ्जनले बताएका छन् । गीतमा बालकलाकार टिकाराम धिमालले शसक्त अभिनय गरेको भन्दै निर्देशक योञ्जनले खुलेर तारिफ गरेका छन् । टिकारामसँगै उनका प्रिन्सीपल दिपक न्यौपान, कौशीला राई, टिकारामलाई स्कुलसम्म पुर्याउन पहल गर्ने किसोर श्रेष्ठ र विवेक हिङमाङले भिडियोमा अभिनय गरेका छन् । यस गीतलाई छायांकार उज्जवल बल तामाङले खिचेका हुन् । गीतको भिडियो चाडै नै बजारमा ल्याइनेछ ।

 

 

सम्बन्धित शीर्षकहरु