प्रदेश नम्बर २ मा पनि एमाले पहिलो : नेपाल

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले प्रदेश नम्बर २ मा पनि एमाले पहिलो पार्टी हुने दावी गर्नुभएको छ । 

शुक्रवार रौतहटको गौरमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले राजपा नेपाल जनतासँग डराएर चुनावमा जान नचाहेको आरोप लगाउनुभयो । राजपाका नेताहरु अनेक बखेडा झिकेर अझै पनि चुनावबाट भाग्ने मनसायमा रहेको उहाँको भनाइ छ । 

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले अन्य पार्टीले भन्दा बढी सिट ल्याएको र प्रदेश नम्बर २ मा हुने तेश्रो चरणको निर्वाचनमा पनि एमालेले सबै भन्दा बढी सिट ल्याउने नेता नेपालले दावी गर्नुभयो । प्रदेश नम्बर २ मा अन्य दलका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने क्रम जारी रहेको र एमालेलाई पहिलो पार्टी बनाउन मधेशका जनता आतुर रहेको समेत उहाँले बताउनु भयो । 

नेता नेपाले एमाले ले बहुमत ल्याए मात्रै तराइ मधेशको बिकास तिव्रगतीमा हुने धारण राख्नु भएको छ । एमालेका बरिष्ठ नेता नेपाल बिहिवार देखि रौतहटको चन्द्रपुर नपा तथा गौर नपामा आफ्ना नेता कार्यकर्ताहरु संग भेटघाटमा रहेका छन ।

 

 

सम्बन्धित शीर्षकहरु