बानेश्वरबाट हराएकी निक्की वीरगञ्जमा भेटिइन्

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी रामदत्त जोशीका अनुसार पराजुलीको खोजतलास गर्ने क्रममा आइतबार जिल्ला प्रहरी कार्यालय, वीरगञ्जले उनलाई फेला पारेको हो । जोशीले उनलाई काठमाडौंसम्म ल्याएर परिवारलाई जिम्मा लगाइएको बताए । पराजुली यसअघि पनि पटकपटक हराउने गरेकी थिइन् । प्रहरीसँग सोधपुछका क्रममा उनले साथीसँग मिलेर विरगञ्ज गएको बताएकी छन् । त्यहाँ उनी एक होस्टलमा बसेकी थिइन् । ‘साथीले जाउँ भनेकाले’ आफू त्यहाँ गएको उनले प्रहरी समक्ष बयान दिएकी छन् ।

 

 

सम्बन्धित शीर्षकहरु