सुपर ओभरमा पोखरामाथि विराटनगरको रोमाञ्चक जित

२१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पोखराले सुपर ओभरमा १३ रन मात्रै बनाउन सक्यो । यसअघि ८५ रनको लक्ष्य पछ्याएको विराटनगरले ओभरमा १९.३ ओभरमा सबै विकेटको क्षतिमा ८४ रन मात्रै बनाएपछि खेल सुपर ओभमा धकेलिएको थियो । विराटनगरले सस्तैमा विकेट गुमाएको थियो । अनिलकुमार साह शुन्य र कप्तान पारस खड्का मात्र एक रनमा आउट भए । यो बेला विराटनगरको पाँच रन थियो । २८ रन हुँदा चौथो विकेट गुमाएको विराटनगरले निकै दबाबमा खेलेको थियो । तर, विराटनगर लागि आशिफ शेखले १९ करण केसीले १५ र रोविन क्षेत्रीले १२ र हरि चौहानले अविजित १२ रन अविजित रहे । पोखराका लागि विपिन खत्रीले ३ विकेट लिए । चार ओभर बलिङ गरेका विपिनले एक ओभर मेडन फाल्दै १५ रन खर्चेर तीन विकेट लिए । त्यस्तै सुसन भारी र पाउल कौग्लिनले समान २-२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा राइनोजले ईपीएल क्रिकेटकै सबै भन्दा कम स्कोर बनाएको हो । निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । पोखराका दुई जना खेलाडीले दोहोरो अंक बनाए भने अन्य खेलाडीले दोहोरो अंक समेत बनाउन सकेनन् । पोखराका लागि पाउल कौग्लिनले २० र राजेश पुलामी मगरले १७ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । यसअघिका दुई खेलमा लगातार अर्धशतकीय पारी खेल्दै विष्फोटक ब्याटिङ गरेका रिचार्ड लेभी ३ रनमा आउट हुँदा कप्तान कायल कोएट्जर पनि चार रन मै आउट भएका थिए । पाँच रन हुँदा पहिलो विकेट गुमाएको पोखराले १२ रन हुदा अर्को महत्वपूर्ण विकेट गुमाएपछि दबावमा आएको थियो । शुभेन्दु पाण्डेलाई शुन्य रनमै गुमाएको थियो । विनोद भण्डारी एक रनमै आउट भए सुसन भारीले ८ रन बनाए भने विक्रम सोब पाँच र शक्ति गौचन तीन रनमा अविजित रहे । बलिङतर्फ विराटनगरका पाउल भान मिकेरेनले तीन विकेट लिए । उनले चार ओभर बलिङ गर्दै १७ रन खर्चेका थिए ।

 

 

सम्बन्धित शीर्षकहरु