भैरहवाद्वारा चितवनसामु १४४ रनको लक्ष्य पेश

भैरहवाका लागि रायन टेन डोइस्च्याटले ३५, प्रदीप ऐरीले २६ र रविइन्दर सिंहले २५ रन बनाए । बलिङतर्फ चितवनका सागर ढकालले तीन विकेट लिए । त्यस्तै, जर्ज स्कटले दुई विकेट लिए । लगातार दुई खेलमा पराजित भएको चितवनले आजको खेलमा जित हात पर्नै पर्ने अवस्था रहेको छ । यसअघि चितवनले पहिलो खेलमा ललितपुरसँग ११ रनले पराजित भएको थियो भने काठमाडौं किंग्स इलाभेनसँग ६ विकेटले पराजित भएको थियो । भैरहवाले भने आफ्नो पहिलो खेलमा पोखरा राइनोजलाई पराजित गरेको थियो ।

 

 

सम्बन्धित शीर्षकहरु