अर्थ र कृषि समितिको बैठक कोरम नपुगेपछि स्थगित

संयुक्त बैठकका लागि मर्स्याङ्दी–२ जलविद्युत आयोजनाको लाइसेन्स खरिद बिक्रीबारे विस्तृत छलफल गर्ने कार्यसूची तय गरिएको थियो । भारतीय कम्पनी जिएमआरले सो जलविद्युत आयोजनाको लाइसेन्स विक्री गरेपछि तत्सम्बन्धमा अध्ययन गर्न दुवै समितिको संयुक्त बैठक बोलाइएको थियो । लाइसेन्स लिने तर आयोजनाको काम अघि नबढाउने कम्पनीलाई कार्वाहीको दायरामा ल्याउने विषयमा छलफल गर्न दुवै समितिको संयुक्त बैठक बोलाइएको पनि अर्थ समितिका सभापति दाहालले बताए । अर्थ समितिले सो सम्बन्धमा छानवीन गर्न उपसमिति गठन गर्ने योजना पनि बनाएको छ । संयुक्त बैठक बस्ने अवस्था नभए उपसमिति बनाएर भए पनि सो लाईसेन्स खरिद सम्बन्धमा आवश्यक छानवीनको कामलाई अघि बढाउने योजना रहेको अर्थ समितिका सभापति दाहालले बताए ।

 

 

सम्बन्धित शीर्षकहरु