रोहितको टिम लिग वान च्याम्पियन

उपाधिका लागि अन्तिम खेल जित्नैपर्ने दबाबमा रहेको जाकार्तालाई जित दिलाउन मार्को सिमिस दुई गोल गरे । उनकै शानदार प्रदर्शनमा जाकार्ताले उपाधि उचाल्न सफल भयो । खेलको पहिलो हाफमा एक गोल गरेको जाकार्ताले खेलको दोस्रो हाफमा थप एक गोल गरेको थियो । जाकार्तालाई लिग वानको च्याम्पियन बनाउन नेपालका मिड्फिल्डर रोहित चन्दको पनि मुख्य भूमिका रहेको छ । नेपालका खेलाडी रोहित अन्तर्राष्ट्रिय क्लबबाट व्यवसायिक फुटबल खेल्ने चर्चित खेलाडी हुन् ।

 

 

सम्बन्धित शीर्षकहरु