निर्मलाको पोष्टर टाँस्नेलाई सरकारको जवाफः छिट्टै सरकार भेटिनेछ

अहिले सरकार भेटिएन केके भेटिएन भनेर अभियान चलाउनेहरुले पनि सरकार भेट्नेछन्’ उनले भने, ‘निर्मला प्रकरणमा सरकार चूप लागेको छैन र लाग्नेवाला पनि छैन । तर, कतिपय अपराधका घटनाको अनुसन्धानले अलि समय लिनेमात्र हो ।’ पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जता हेर्‍यो, त्यतै सरकार भेटिन्छ’ भनेपछि ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको निर्मला पन्तको तस्वीर भाइरल भएको छ । त्यो पोष्टर प्रहरीले च्यातेपछि झन भाइरल भएको छ । सरकार भेटियो न्याय भेटिएन भनेर चलिरहेको अभियानबारे पत्रकारकारको प्रश्नमा मन्त्री बास्कोटाले लोकतन्त्रमा पोष्टर छाप्न, टाँस्न र सरकारविरुद्ध अभियान चलाउन सबैलाई छुट रहेको टिप्पणी गरे । तर अरु कुनै मुद्दा नपाए जसरी सरकारलाई खेद्न निर्मला प्रकरण उछालिएकोमा अशन्तुष्टि जनाए ।

 

 

सम्बन्धित शीर्षकहरु