एक नम्बर ट्रेन्डिङमा ‘ए मेरो हजुर–३’को गीत

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर–३’ को पहिलो रोमान्टिक गीत  युट्युब ट्रेन्डिङमा एक नम्बरमा आइपुगेको छ । युट्युबमा अपलोड गरिएको दुई दिनमा ट्रेन्डिङमा एक नम्बरमा आइपुगेको हो ।

अपेक्षित भ्युवर्स पाएको गीत तीन दिनमा १३ लाखभन्दा धेरै पटक युट्युबमा सर्च भएको छ ।

चलचित्रको ‘जिन्दगी नै भन्दिनँ’ बोलको गीत शुक्रबार दिउँसो रिलिज गरिएको थियो ।

गीतमा सुगम पोखरेल र गायिका प्रविशा अधिकारीको स्वर रहेको छ । एक नारायण भण्डारीको शब्दमा आशिष अविरलले संगीत दिएका छन् ।

गीतको भिडियोमा अनमोल केसी र डेब्यू नायिका सुहाना थापा फिचर्ड छन् ।  भिडियो युट्युब ट्रेन्डिङ चढ्न थालेको छ ।

झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर–३’ चैत २९ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।

 

 

सम्बन्धित शीर्षकहरु