टेक्टर पल्टिदा युवकको मृत्यू,राजपा द्धारा माओवादी केन्द्र माथी आरोप

मंगलवार दिउसो एक युवकको टेक्टर पल्टिएर ज्यान गएपछि राजपा नेपालले माओवादी केन्द्रलाइ आरोप लगाउको छ । मौलापुर नगरपालिकामा मंगलवार दिउसो राजपा नेपालका मेयरका उम्मेदवार रबिन्द्र कुमार पटेल (धिरज)को भतिजा राजेन्द्र पटेलको १५ बर्षिय छोरा बलविर पटेलको मृत्यू भएको थियो । चुनाव प्रचारको क्रममा सोनरनिया बाट मौलापुर तर्फ आउने क्रममा भकुवा खोला नजिकै टेक्टर दुर्घटना भइ पटेलको ज्यान गएको प्रहरीको भनाइ छ ।

ना ५ त १०९० नम्वरको टेक्टर चुनाव प्रचारका लागी प्रयोग भएको र  दुर्घटना भएको  प्रहरीले जनाएको छ ।

राजपा नेपालले भने माओवादी कार्यकर्ताहरुले आक्रमण गरी हत्या गरेको भन्दै छानबिनको लागी माग गरेको छ । राजपा नेपालका प्रबक्ता सन्तोष कुमार मेहताले बिज्ञप्ती निकालेर घटनाको छानविन र दोषिलाइ कार्वाहीको माग गरेका छन ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी  प्रमुख उपरिक्षक यज्ञविनोद पोखरेलले दुर्घटनामा युवकको ज्यान गएको बताएका छन ।

पछि मृतकका आफन्तले  चुनाव प्रचारको क्रममा केही माओवादी केन्द्रका कार्यकर्ताहले धम्कि दिएकाले टेक्टर भगाउने  क्रममा दुर्घटना भएको  दावी गरेको समेत उन्ले जानकारी दिए ।

 

 

सम्बन्धित शीर्षकहरु