प्रदेश नं २ का ६ जिल्लामा सुरक्षा व्यवस्था कडा

आउँदो असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय निर्वाचनलाई लक्षित गरी प्रदेश नं २ का ६ जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । मध्य क्षेत्रअन्तर्गत पर्ने पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा गरी ६ जिल्लाका सदरमुकाम क्रमसः वीरगञ्ज, कलैया, गौर, मलंगवा, जलेश्वर र जनकपुरसहित मुख्य सडक, नाका तथा नेपाल भारतको सिमानाका विभिन्न ठाउँमा चेकजांच गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल, पथलैयाका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) नरेन्द्रकुमार सिंहले बताउनुभयो । सम्बन्धित ६ जिल्ला मतदान केन्द्रमा समेत सशस्त्र प्रहरी टोली पठाइ सकिएको जानकारी दिँदै कुनैपनि घटना हुन नदिनका लागि सुरक्षा व्यवस्थामा कडाइ गरिएको जानकारी दिँदै डिआइजी सिंहले निर्वाचनको दिनभन्दा २४ घण्टाअगावै छ वटै जिल्लासँग जोडिएको सिमानाका शिल गरिने बताउनुभयो । शान्तिपूर्ण तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल, पथलैयाले प्रदेश नं २ को ६ जिल्लामा १० हजार ७१९ सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ ।,

 

 

सम्बन्धित शीर्षकहरु