प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा

निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाका अनुसार मतपत्र, मतपेटिकालगायतका सम्पूर्ण निर्वाचनका सामग्रीसहित आज बेलुकासम्म सबै कर्मचारी मतदानस्थलमा पुगिसक्नेछन् । प्रदेश नम्बर २ का २ हजार १ सय ६६ मतदानस्थल र तीन हजार पाँच सय ७८ मतदान केन्द्रमा ३१ हजार ५ सय कर्मचारी परिचालन गरिएको प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो ।यस्तै भोलि पर्सि र असोज १ गते मतदातालाई परिचयपत्र वितरण गरिनेछ । मतदाता परिचयपत्र लिन आउने मतदातालाई आयोगले मतदाता शिक्षा पनि प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

 

 

सम्बन्धित शीर्षकहरु