नरबहादुर अमगाईं
कृषि क्षेत्रमा
छुट्याईएको बजेट कार्यान्वयन कसरी गर्ने? विषयमा कृषिविज्ञ नरबहादुर अमगाईं ज्यु का केही महत्वपूर्ण
सुझावहरु ।
- प्रत्येक स्थानीय
तहमा कति जना कृषि विषय पढेका मान्छे छन्, तथ्यांक संकलन गर्ने । सबै तथ्यांक संकलन कार्य वडा कार्यालयको सहयोगमा गर्ने ।
- प्रत्येक स्थानीय
तहमा कतिजनाले वैदेशिक रोजगारी गुमाएर हाल सो स्थानमा उपलब्ध छन्, साथै,स्थानीय तहमा बेरोजगार युवा कति छन्, कतिसँग जमिन छ तथा कतिसँग छैनजस्ता तथ्यांक संकलन गर्ने । सबै तथ्यांक संकलन
कार्य वडा कार्यालयको सहयोगमा गर्ने ।
- जमिन भएका युवालाई
एक गाउँ एक उत्पादनको व्यवसायिक खेती अवधारणा अनुसार तालिम दिने ।
- तालिम दिन र कृषि
प्राविधिक सेवा परिचालन गर्न स्थानीय तहमै उपलब्ध कृषि विज्ञलाई करार सेवामा भर्ना
गरी उचित पारिश्रमिक प्रदान गरेर परिचालन गर्ने ।
- जमिन नभएका
युवाहरुलाई कृषि उत्पादनको संकलन, प्रशोधन तथा बजारीकरण कार्यमा रोजगारी दिने ।
- कृषि विकाससँग
जोडिएका सिंचाई, कुलो निर्माण, कृषि सडक, लिफ्ट सिंचाई लगायतका पूर्वाधार विकासमा जमिन नभएका युवाहरुलाई प्राथमिकतामा
राखी रोजगारी दिने ।
- हरेक स्थानीय तहलाई
कृषिको लागि छुट्याईएको बजेट समयमै निकासा गरिदिने ।
- स्थानीय तह (वडा
कार्यालय) को तथ्यांक अनुसार उपयुक्त व्यक्ति छनौट गरी सरकारको नीति अनुसारको
अनुदान तथा ऋण उपलब्ध गराईदिन वडा कार्यालयले गाउँपलिका/नगरपालिका लाई सिफारिस
गर्ने । स्थानीय तहले उक्त
सिफारिसको आधारमा अनुदान तथा ऋण दिने ।
- प्रत्येक स्थानीय
तहमा आफ्नो गाउँपालिका/नगरपालिका लागि पुग्ने गरि जैविक बिषादी र जैविक मल उत्पादन
गर्न जमिन नभएका स्थानीय युवाहरुलाई व्यवसाय संचालन गर्न प्रोत्साहित तथा आर्थिक
सहयोग गर्ने ।
- आमा समुहहरुलाई
व्यवसायिक नर्सरी स्थापना गर्न सामग्री तथा आर्थिक सहयोग गर्ने ।
- युवा कृषक समुह गठन
गरी समुहगत रुपमा महँगा कृषि औजार जस्तै:- पावर स्प्रेयर, मिनी पावर टिलर, थ्रेसर, धान रोप्ने मेसिन, खाडल खन्ने मेसिन
आदि अनुदान दिने ।