काठमाण्डौ–आफूसँग छ त सबै छ नत्र केही छैन आफ्नो पराइ हुन्छ यस्तै गीत भर्खरै सार्वजनिक भएको छ । साहित्यकार सुरेन्द्र महर्जन ’अमर’ को रचनामा गायक चिरञ्जीवी भण्डारीको स्वरमा रहेको छ ।
’’जब आफ्नाले तुच्छ वचन बोलेपछि कसको के नै लाग्छ र
जब दैव पनि रिसाएपछि कसको के नै लाग्छ र ’’
बोलको मन छुने पीडादायी अत्यन्तै हृदय स्पर्सी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मान्छेको जिन्दगीमा यदाकदा यस्ता घटना भैरहने कथा बस्तुलाई समेटेर गीतले मागे अनुसार सुहाउँदो कथा वस्तु समाबेश गरेर भिडियो तयार गरिएको छ । सार्वजनिक भिडियोमा सुभाष तिमिल्सिना, मन्जिला बुढाथोकी र सुरेन्द्र महर्जनको अभिनय रहेको छ ।
निर्देशक सुभाष तिमिल्सिनाको निर्देशनमा केशव विश्वकर्माबाट छायांकन गरिएको उक्त भिडियोको एरेन्जर आशिष लामाको रहेको र संगीत चिरञ्जीवी भण्डारीको छ र मोहन सुनुवारको इडिटिङ्ग रहेको छ ।
भिडियो