रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ को वाड अध्यक्षमा नेकपा माओबादी
उमेदवार दुत्त बहादुर थिङको प्यानल नै बिजयी भएको छ । वाड अध्यक्षमा
निर्वाचित थिङले २ हजार १ सय १ मत प्राप्त गरेका छन । उनका निकटतम
प्रतिद्धन्दी नेपाली कांग्रेसका उमेदवार कल्याण कुश्वारले १ हजार ७ सय ७०
मत प्राप्त गरेका छन ।
यसैगरी नेकपा एमालेका उमेदवार सन्त बहादुर
खडकाले ५ सय ३५ मत ल्याएका छन । वाड अध्यक्षमा निर्वाचित थिङ यस अघिका पनि
वाड अध्यक्ष हुन ।
यसैबिच चन्द्रपुर नगरपालिकाको वाड नं. २ मा नेकपा
माओबादीका मेयर उमेदवार खिल प्रसाद पौडेलले १९३४ मत उप मेयर देबकी नेपालले
१९७९ मत प्राप्त गरेकी छिन । त्यस्तै नेपाली कांग्रेसका नगर प्रमुख उमेदवार
संजय काफलेले १५ सय ७ मत,उप मेयर जयमाला चौधरीले १६६२ मत प्राप्त गरेकी
छिन यस्तै नेकपा एमालेको तर्फबाट नगर प्रमुखका उमेदवार शिब आचार्यले ५७१ मत
र उप प्रमुख मुना लामिछानेले ५ सय ९९ मत पाएकी छिन ।