चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. १ को वाड अध्यक्षमा
नेपाली कांग्रेसका उमेदवार बलराम राउतको प्यानल नै बिजयी भएका छन । मत
गणनाको अन्तिम परिणमा अनुसार राउतले २ हजार १० मत ल्याएर बिजयी भएका हुन ।
उनका
निकटतम प्रतिद्धन्दी नेकपा एसका वाड अध्यक्ष उमेदवार बिरु रखालले १ हजार १
सय ८९ मत ल्याएका थिए । रखाल यस अघिका वाड अध्यक्ष हुन । यसैगरी नेकपा
माओबादीका उमेदवार गणेश राउतले ४ सय ३८ मत मात्र ल्याएका थिए । त्यस्तै
नेकपा एमालेका उमेदवार चन्द्र बहादुर लामिछाने मगरले १ सय ३१ मत मात्र
ल्याएका थिए । यसैगरी सो वाडबाट नेपाली कांग्रेसका मेयर उमेदवार संजय
काफलेलाइ १ हजार ६ सय ७० मतर परेको छ भने उप प्रमुख जयमाला चौधरीलाइ १ हजार
७ सय १२ मत परेको छ । त्यस्तै नेकपा एसका मेयर उमेदवार बाबुराम दाहाललाइ
१२८२ मत र उप मेयर रामरती चौधरीलाइ ११४७ मत परेको छ । नेकपा माओबादीका मेयर
खिल प्रसाद पौडेललाइ ६ सय १३ र उप मेयरल देबकी नेपाललाइ ६ सय २७ मत परेको छ
।
यस्तै नेकपा एमालेका मेयर शिव आचार्यलाइ २ सय ९६ मत र उप मेयर मुना लामिछानेलाइ ३ सय २४ मत परेको छ ।
स्वतन्त्र उमेदवार रामचन्द्र चौधरीलाइ ४५ मत परेको छ । चौधरी निर्बतमान नगर प्रमुख हुन ।
अहिले चन्द्रपुर नगरपालिका वाड न २ को मत गणना शुरु भएको छ ।