रौतहट , ६ जेठ । रौतहटको कटहरिया नगरपालिका वडानं ३
का वडा अध्यक्षमा नेकपा एमालेका श्यामाकान्त यादव विजयी भएका छन्। उनले
काग्रेसका उम्मेदवार आफ्नै काकालाई हराउंदै विजयी भएका हुन् ।
उमेश यादव लाई १ सय ४० मतको अन्तरले पराजित गरि श्यामाकान्त यादव वडा
अध्यक्षमा निर्वाचित भएका हुन् । स्यामाकान्तले ७ सय २७ मत प्राप्त गरेका
छन् भने उनको निकटतम प्रतिद्वन्द्वी निबर्तमान वडाध्यक्ष तथा उम्मेदवार
उमेश यादवले ५ सय ८७ मत पाएका छन् ।
नवनिर्वाचित वडा अध्यक्ष श्यामाकान्त उमेशका आफ्नै दाईका छोरा हुन ।
२०७४ को निर्वाचनमा कांग्रेस बाट उमेश यादव वडा अध्यक्षमा बिजयी भएका थिए
भने तत्कालीन माओवादीको टिकटबाट चुनाव लडेका स्यामाकान्त यादव पराजित भएका
थिए ।