मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले थप दुई विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेश प्रमुख मिश्रले प्रदेश सभाबाट पारित भई आएको ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक एवम् कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९’ प्रमाणीकरण गरेका हुन् ।
प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
यससँगै मधेस प्रदेशमा प्रमाणीकरण हुने विधेयकको संख्या ५४ पुगेको छ ।