जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले सप्तरी–२ बाट उम्मेदवारी मनोनयन गराएका हुन् ।
उनी उक्त क्षेत्रका निवर्तमान सांसद पनि हुन् । उनीविरुद्ध जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् ।