काठमाडौं : कनेक्टआईपीएसले तिहार तथा छठको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरमा लाग्दै आएको शुल्क हटाएको छ।
कात्तिक ७ गतेदेखि १३ गतेसम्म लागू हुने यो योजनाबाट मोबाइलमा आधारित फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन मिल्ने कम्पनीको विश्वास छ।
हाल मोबाइल बैकिङ्गमा रहेको कनेक्टआईपीएसमार्फत प्रतिदिन प्रति कारोबार २ लाख रूपैयाँसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ।