प्रेमचन्द्र झा, राैतहट। गरुडा नगरपालिकाले जग्गाधनी संग सोधी खोजि नगरि निजि जग्गामा बलपूर्वक बाटो बनाएको वडा नम्बर २ का रामचन्द्र साह कानु र रामबाबु साहले आरोप लगाएका छन ।
पिडितले आफु माथि अन्याय भयाे भनी मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र नेपाल पत्रकार महासंध राैतहट शाखामा आईतबार निवेदन दिदै सो आरोप लगाएका हुन । यसबारे गरुडा नगर प्रमुख कन्थमणी जयसवालको साथै ईलाका प्रहरी कार्यालय गरुडाले मिलोमतो गरी राैतहट जिल्ला अदालतको आदेश समेत कार्यान्वयन नगराएको आरोप पिडितले निवेदन मार्फत लगाएका छन ।
राैतहट जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको ईजलासले २०७९ मसिर १६ गतेका दिन निषेधाज्ञा आदेश गर्नु हुँदै निवेदकको नाममा दर्ता रहेको किता नम्बर १६८५ र किता नम्बर १६८७को जग्गामा पर्ने गरि कुनै पनि किसिमको निर्माण कार्य नगर्नु नगराउनु भनि राेक लगाएका थिए । अदालतले निषेधाज्ञा आदेश गरेपछि पनि गरुडा नगरपालिका वडा नम्बर ५ का विनोद जयसवाल लगायतले बाटो निर्माण कार्य जारी नै राखेकोमा आवश्यक कार्यवाहीको माग सहित बाटो निर्माण कार्य राोक्का गराई खसालेको सरसमान हटाई लैजान समेत विपक्षीमा पहलका लागि पिडितले अनुराेध गरेका छन ।