गौर नगरपालिका नेपालको मधेश प्रदेश को रौतहट जिल्लामा अवस्थित छ | गौर नगरपालिकाको घोषणा वि. स. २०४८ चैत्र ३० गते भएको थियो र विधिवत् रुपमा मिति २०४९/०१/२४ गते कार्यालय स्थापना भई संचालन मा आएको हो | यो नगरपालिका तत्कालीन गौर, टिकुलिया, पुरेनवा, सिर्सिया र सवगढा गरी ५ गाविसहरु मिलि बनेको र संघिय लोकतान्त्रिक गणतंत्र स्थापना पश्च्यात नेपालको संबिधान ले परिकल्पना गरेको ३ तहको शासन व्यवस्था अन्तर्गत साविकको गा.वि.स. र न.पा. गाउपालिका र नगरपालिकामा रुपान्तर हुने व्यवस्था वमोजिम गौर न.पा. १३ वडा बाट घटेर ९ वडामा सिमितहुन पुगेको छ | जनसंख्या र क्षेत्रफल देहाय वमोजिम छन |
सिमाना: पूर्व राजदेवी न.पा. , पश्चिम ईशनाथ न.पा. , उत्तरमा राजपुर न.पा. र दक्षिण भारत (बिहारको सीतामढी)
तापक्रम: अधिकतम ४0 डिग्री सेल्सीयस र न्युनतम ५ डिग्री सेल्सीयस
हावापानी: उष्ण
कुल छेत्रफल: २१.५३ व कि.मी.
भू-उपयोगको अवस्था (हे.): वसोबासको क्षेत्र २ हेक्टर, कृषि क्षेत्र २५ हेक्टर , बजार क्षेत्र १५ हेक्टर र अन्य ३. ९१ हेक्टर |
जनसंख्या: राष्ट्रिय जनगणना २०६८ अनुसार
कुल जनसंख्या: ३४९३७
महिला: १६६४७
पुरूष: १८२९०
घरघुरी संख्या: ५६३५
मुख्य जात/जातिहरू: मुस्लिम, तेली कानु,कल्वार, ब्राहमण, यादव, मलाह,सहनी,वीन,दुसाध,पाशवान, कुर्मी, कायस्थ ,बनिया,केशरी, राजपूत, कोडरी,तत्मा, चमार आदि |
घरघुरी संख्या: ७८९ जनजाति ३१ मुस्लिम ७४९ अन्य ३५०७ (न.पा. सर्बेक्ष्ण अनुसार)
मुख्य पेशा: कृषि पशुपालन, ज्वाला मजदुरी, सेवा र व्यापार |
साक्षरता: ६४.६ % प्रतिशत
मुख्य ताल,पोखरी संख्या: शिवालय पोखरी, अदालत पोखरी, बरहवा ताल आदि |
एतिहासिक स्थल: पुरेनवा दरबार, क्रन्तिदार, सहिद शिवप्रसाद कुँवर स्मारक |
विधालय संख्या: प्रा. वि. १७, आधारभूत विद्यालय ३, मा.वि. ३, उ.मा.वि. २, क्याम्पस ३, टेक्निकल स्कुल ३ |
स्वास्थ्य: जिल्ला अस्पताल १, आँखा अस्पताल १, हेल्थपोष्ट १, शहरी स्वास्थ्य क्लिनिक १, नर्सिंग क्याम्पस १
Source: https://gaurmun.gov.np/