Online Rautahat

रौतहट - जिल्ला परिचय

Rautahat District
Total Population:
825,623
Headquarter:
Gaur
Province:
Madhesh Province
Number of Local units:
18
Metropolitan:
16
Village Council:
2
Male Population :
415,864
Female Population :
409,759

संक्षिप्त परिचय

रौतहट नेपालको दक्षिणपूर्वी तराई क्षेत्रमा अवस्थित एक जिल्ला हो । रौैतहट जिल्लाको पूर्वमा सर्लाही, पश्चिममा बारा,उत्तरमा मकवानपुर र दक्षिणमा भारतको बिहार राज्यको सीतामढी र पूर्वी चम्पारण जिल्ला पर्दछ । समुद्र सतहबाट १२२ मिटर देखि २४४ मिटरसम्मको उचाईमा अवस्थित रौतहट जिल्ला १,१२६ वर्ग किलोमिटर क्षेत्रमा फैलीएको छ । गौर रौतहट जिल्लाको सदरमुकाम हो ।

रौतहट २६ डिग्री १४“ देखि २६ डिग्री १४“ अक्षांश र ८५ डिग्री १४“ देखि ८५ डिग्री ३०“ सम्मको पूर्वी देशान्तरमा फैलिएको छ । उष्ण तथा समशितोष्ण हावापानी रहने यस क्षेत्रमा २१२५ मिलिमिटरसम्म वर्षा हुन्छ । यस जिल्लालाई र्पूवमा सर्लाही सँग बागमती नदीले छुट्याएको छ । पश्चिममा बारा जिल्ला, उत्तरमा मकवानपुर जिल्लालाई रौतहट चुरे श्रृंखलाको उच्च भागले छुट्याएको छ । दक्षिणमा छिमेकी देश भारतको उत्तर राज्य विहारको बैरगनियाँ क्षेत्र पर्दछ, जहाँबाट नेपाली क्रान्तिको प्रथम शुरूवात भएको थियो ।

त्यो भन्दा पनि पहिले नेपाल एकिकरण हुनु पूर्व जय प्रकाश मल्ल द्वारा झिकाइएका बंगालका सुल्तानका फौजलाई लखेडदै आएका गोर्खाली सेना र वंगाली सेना बीच रौतहटको संग्रामपुरमा लाडाँइ भएको, समनपुरमा पुग्दा युद्व समाप्ती भएको, र विश्रामपुरमा पुगी नेपाली सेनाले विजयोत्सव मनाई ऐतिहासिक राजदेवी मन्दिरमा पूजापाठ बली भोग चढाई र्फिता भएको भन्ने कुरा प्रचलित रहेको छ ।आदीवासी तराई मुलका मानिसहरुको बसोबास रहेको रौतहट जिल्लाको नाम राउत र हट भन्ने दुई शब्दहरु मिलेर बनेको हो । राउत भन्नाले खासगरी यादव (ग्वाला) जातीको थरलाई बुझाउँछ र हट शब्दको अर्थ बजार हुन्छ । हट शब्द हाटमा अपभ्रंस भएर रौतहट बनेको हो । यसप्रकार रौतहट शब्दको अर्थ यादवहरुको वस्ती भएको ठाउँ भन्ने हुन्छ ।

रौतहट जिल्लाका न.पा. / गा.पा.हरु : गौर नगरपालिका, चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका, गढीमाई नगरपालिका, मौलापुर नगरपालिका, ईशनाथ नगरपालिका, राजदेवी नगरपालिका, परोहा नगरपालिका, गुजरा नगरपालिका, देवाही गोनाही नगरपालिका, कटहरीया नगरपालिका, राजपुर नगरपालिका, वृन्दावन नगरपालिका, बौधिमाई नगरपालिका, माधव नारायण नगरपालिका, फतुवा विजयपुर नगरपालिका, दुर्गाभगवती गाँउपालिका, यमुनामाई गाँउपालिका ।

Source: https://dccrautahat.gov.np

भिडियाे

Source: https://dccrautahat.gov.np