Online Rautahat

परोहा नगरपालिका - संक्षिप्त परिचय

 

परोहा नगरपालिका नेपालको प्रदेश नं.-२ को रौतहट जिल्लामा अवस्थित छ। परोहा नगरपालिकाको घोषणा बि.स. २०७३ सालमा भई विधिवत रुपमा कार्यालय स्थापना भई संचालनमा आएको हो। यो नगरपालिका तत्कालिन छ वटा गा.वि.स.हरु मिलि बनेको र संघीय लोकतान्त्रिक गणतंत्र स्थापना पश्चयात नेपालको संविधानले परिकल्पना गरेको ३-तहको शासन व्यवस्था अन्तर्गत साबिकको गा.वि.स. र गाउँपालिका रूपान्तरण हुने व्यवस्था बमोजिम परोहा न.पा. ९-वडा बन्न पुगेको छ।

जम्मा वडा:

क्षेत्रफल: ३७.४५ बर्ग किमि

जम्मा घरधुरि: ५,३८०

जनसंख्या: ३७,४५३ (महिला: १८,२४४, पुरूष: १९,२०९)

पूर्व: यमुनामाई, माधबनारायण, दुर्गा भगबती गाँउपालिका

पश्चिम: भारत

उत्तर: बौधीमाई नगरपालिका, देवही गोनही नगरपालिका

दक्षिन: राजपुर नगरपालिका, इशनाथ नगरपालिका

समाबेस भएका सविक गाबिसहरू: बसन्तपट्टि, नरकटिया, लौकाहा, तेजापकड, जिङ्गडवा बेलविछवा र रामपुरखाप गाविस