Online Rautahat

ईशनाथ नगरपालिका - संक्षिप्त परिचय

 

यस नगरपालिकाको नामाकारण वडा नं. ३ औरैया स्तिथ रहेको प्रशिद्ध ईशनाथ मठको नाम बाट ईशनाथ नगरपालिका नामकरण भएको देखिन्छ।

ईशनाथ नगरपालिकाको स्थापना: २०७३ सालमा भएको हो ।
यस नगरपालिका अन्तर्गत कुल ९ वडा वडामा विभाजित गरिएको हो ।
यस नगरपालिकाको कुल क्षेत्रफल: ३५.१७ ( वर्ग कि.मी.) मा फैलिएको देखिन्छ ।

यहाको हवापानी उष्ण प्रदेशीय छ ।
यस नगरपालिकामा साविको गा.वि.स.: बन्जरहा, डुमरीया पराेहा, औरैया, मठिया, जटहारा र जोकाहा लाई समावेश गरिएको देखिन्छ ।

यस नगरपालिकाको कुल जनसंख्या २०७८ मा भएको जनगणना अनुसार निम्न बमोजिम रहेको छ ।

जनगणना घर संख्या: ६२८९

परिवार संख्या: ८०८४

पुरुष: २६८२१

महिला: २३५८१

जम्मा: ५३४०२

 

Source: https://ishnathmun.gov.np/